१७ असार, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका–३ स्थित हरकपुरका २८ वर्षिय पूर्ण अशक्त गोविन्द चौधरीले आधुनिक प्रविधिको इलेक्ट्रिक व्हीचियर पाउने भएका छन् ।
अशक्त गोविन्दको लागि कानेपोखरी–४ निवासी भोला भट्टराईले १ लाख ३ हजार ४० रुपैया पर्ने इलेक्ट्रिक व्हीचियर ल्याइदिएपछि उनले पाउने भएको हो । गोविन्दले व्हीचियरसँगै १७ हजार बराबरको नयाँ मोबाइल पनि पाउने भएका छन् । गोविन्दलाई २, ४ दिन पछि एक कार्यक्रम बीच हस्तान्तरण गर्ने तयारी रहेको भट्टराईले बताए ।
इलेक्ट्रिक व्हीचियरको पछाडीको डाली कम्पनीले सहजताको लागि निःशुल्क जडान गरिदिएको हो । यो व्हीलचियर राष्ट्रिय आविस्कार केन्द्र र्कितीपुरबाट खरिदगरेर ल्याएको हो । इलेक्ट्रिक व्हीचियरलाई एक लाख र यहाँ सम्म ल्याइदिएको भाडा ३ हजार ४० रुपैया लागेको भट्टराईले बताए ।
असक्त गोविन्दको लागि भोला भट्टराईको आफ्नो टिकटकका साथीहरुले इलेक्ट्रिक व्हीचियर खरिद गर्न आर्थिक सहयोग गरेका थिए । आर्थिक सहयोग गर्ने टिकटकमा साथीहरु थोरै कानेपोखरी गाउँपालिका क्षेत्रका छन् भने धेरैजसो स्वदेश तथा विदेशमा रहेका ५३ जना नेपालीहरु रहेका छन् ।
गोविन्द चौधरी शारिरिक अपाङ्गता हो । उनले कान राम्रो सुन्छ, बोली बुझिन्दैन । उनको हाटखुट्टा अलि अलि मात्र चल्छ । गोविन्दले बाँसको मुढा बुन्ने तालिम लिएर पछि घरमै मुढा बुनेर बजार, चोक–चोकमा व्हीलचियरको माध्यमबाट बेच्दै आएका थिए ।
गाउँपालिकाले दिएको व्हीलचियर एउटाहातले घुमाउदा चल्ने व्हीलचियर हो । तर अहिले ‘इलेक्ट्रिक व्हीचियर’ बटमको माध्यमबाट चल्ने हो । इलेक्ट्रिक व्हीचियरबाट गोविन्दलाई आवतजावत गर्न धेरै सहज हुने भोला भट्टराई बताउँछन् ।
कानेपोखरी गाउँपालिकाबाट गोविन्दले ७ वर्ष अघि पूर्ण अशक्तको रातो कार्ड पाएका थिए । उनले रातो कार्ड पाएपछि गाउँपालिकाबाट सामाजिक सुरक्षा भक्ता अन्तरगत मासिक ४ हजार बुझ्दै आएका छन् । त्यस्तै ४ वर्ष अघि कानेपोखरी गाउँपालिकाले गोविन्दलाई व्हीलचियर प्रदान गरेको थियो । अहिले सम्म त्यही व्हीलचियरको माध्यमबाट टाढाँ –टाढाँ पुग्ने गरेका छन् ।

इलेक्ट्रिक व्हीचियर सिक्दै गोविन्द चौधरी



