१७ असार, कानेपोखरी । रमाइलो प्रहरी चौकीले कानेपोखरी गाउँपालिका –२ स्थित थारु चोकका दुईजनालाई लागूऔषध(गाँजा) सहित पक्राउ गरेको छ ।
मंगलबार राती ७ः३० बजे वर्ष ४० की सोमती कुमारी चौधरी र ३२ वर्षिय रुपमनी चौधरीलाई आफ्नो घरबाटै पक्राउ गरेको हो । नाताले दिदीबहिनी उनीहरु आफ्नो घरमै लागूऔषध(गाँजा)को कारोबार गर्दै आएका थिए ।
उनीहरुको घरबाट प्लाष्टिकमा पोका पारेको ७९ वटा र पोका पार्नबाँकी दुई वटा चाक्ला लगभग साढें ३ केजी लागूऔषध(गाँजा) प्रहरीले बरामद गरेको थियो ।
प्रहरीका अनुसार घरको पछाडी नयाँ बन्दै गरेको घरमा लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो ।
तस्विरमा देखिएको लागूऔषध(गाँजा) एक पोकालाई २ सय रुपैया बेच्ने गरेको खुलेको छ । उनीहरुले लागूऔषध(गाँजा) धेरै रंगेली तर्फ पठाउने र केही गाउँघरमै बेच्ने गरेको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

कालो टि-सर्ट लाउने दिदी र कुर्था लाउने बहिनी हुन ।
५ वर्ष अघि देखी लागूऔषधको ओसारपसारको कारोबारमा रहेको र उनिहरुलाई रमाइलो प्रहरी चौकीले दुई वर्ष अघिदेखी खोजीकार्य गरिरहेको रमाइलो प्रहरी चौकीका सई सदानन्द कुमार यादवले बताए ।
दिदीबहिनीले घर अगाडी किराना पसल, फ्रेस हाउस संचालन गरेको छ । त्यही किराना पसल, फ्रेस हाउसमार्फत बिक्री वितरण गर्दै आएको प्रहरीले बताए । उनीहरुलाई राती नै इलाका प्रहरी कार्यालय पथरी पठाईएको प्रहरीले जनाएको छ ।



