मङ्लबार, असार १६, २०८३

बयरवन बजार शताब्दी समारोहमा १२ स्थानीय अग्रज सम्मानित

१६ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नंं. ४ मा रहेको ‘बयरवन बजार’ ले १०० वर्ष पूरा गरेको ऐतिहासिक शताब्दी समारोह कार्यक्रममा स्थानीय अग्रज १२ जनालाई सम्मान गरेको छ ।

सोमबार स्थानीय अग्रज, ज्येष्ठ नागरिक तथा बयरवन बजारको ऐतिहासिक तथ्य जान्ने १२ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा वीर बहादुर भट्टराई, जर्नादन शाह, रक्कमणि गिरी इश्वरी वहादुर पराजुली, भूवनसिंह कार्की, धनपति पराजुली खेमराज नेपाल र वंश बहादुर भट्टराईलाई सम्मान गरेको हो । त्यस्तै बयरवन बजार विकासमा योगदान गर्ने अन्य मृत्यु भइसकेका जमिनदार सनकसिंह भट्टराई, मकरध्वज राजवंशी, चन्द्र बहादुर भट्टराई र काब्रि राजवंीलाई स्मरण गर्दै उहाँहरुको परिवारलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो ।

कार्यक्रममा पूर्व भुूमि आयोग मोरङ अध्यक्ष नविन पौडेल, वडा अध्यक्षहरु खड्ग बस्नेत, चरण गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ सभापति महेन्द्र बोहोरा, युवा नेता मनोज राजवंशी, वीरबहादुुर भट्टराई लगाएतले मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमका सभापति बजार व्यवस्थापन सहयोग समितिका अध्यक्ष दिलिप शेर्पा रहेका थिए । स्वागत मन्तव्य ४ नम्बर वडा अध्यक्ष रमेश राउतले गरेका थिए भने कार्यक्रम सञ्चालन लोकेन्द्र शाक्यले गरेका थिए ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.