
२८ असार, कानेपोखरी । मोरङको रमाइलो प्रहरी चौकीले कानेपोखरी गाउँपालिका –५ स्थित करमटोलबाट ब्राउन सुगर सहित दुईजना युवालाई पक्राउ गरेको छ ।
करमटोलीका वर्ष १९ का संजय ऋषिदेव र वर्ष २४ का रमेश सुबेदीलाई शनिबार राती ११ बजे पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनीहरुलाई सोही गाउँका सुरज ऋषिदेवको घरमा बिक्रीको लागि प्याकिङ गदै गर्दा पक्राउ गरेको रमाइलो प्रहरी चौकीका सई सदानन्द कुमार यादवले बताए । सई यादवका अनुसार पक्राउ परेका दुवैजना सो स्थानमा डिलरको रुपमा लागूूऔषध(ब्राउन सुगर) खरिद बिक्री गर्दा आएका थिए ।
उनिहरु बन्द कोठामा सेवन गर्दै प्याकिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । कोठाबाट ५ थान लाइटर, ब्राउन सुगर सेवन गर्दा प्रयोग गरिने थाल समेत बरामद गरेका थिए । उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पथरी राती नै लगिएको जनाए ।



