पथरीशनिश्चरेको नगरसभा असार १० गते हुने

असार १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले असार १० गते हुने ११ औं नगरसभाको तयारी सहितका विषयमा निर्णय गरेको छ ।

यस अघि नियमित रुपमा सञ्चालन हुँदै आएको असार १० गतेको नगरसभा यो वर्ष पनि सोही मितिमा सम्पन्न गर्न वार्षिक वजेट तथा योजना सम्बन्धी समष्टिगत मार्गदर्शन तथा प्राथमिकताका आधार सम्बन्धमा बैठकले छलफल गरेको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताको बैठकले जनसंख्या, भूगोल, विकासको अवस्था सहितका सूचकका आधारमा वडाहरुको वडागत बजेटको सिलिङ निर्धारण गरेको छ ।

नगरसभाबाट आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम तथा बजेट पारित गर्ने विषयवस्तु सहित कुल ६७ करोड ४४ लाख ४६ हजार रुपैयाँको प्रस्तावित बजेटमाथि छलफल गरिएको नगर प्रमुख तुम्वापोले जनाए ।

बैठकले, नगर प्रमुख संयोजक तथा उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी प्रशासन प्रमुख र उद्योग वाणिज्य संघ प्रतिनिधि सदस्य रहने नगरस्तरीय विपद व्यवस्थापन समिति गठनको निर्णय गरेको छ । साथै नगरको पहिलो नागरिक धिमाल जातिको सिरिजात जात्री पर्वको अवसरमा भोली असार २ गते नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक विदा दिने समेत निर्णय भएको छ ।

 

सम्बन्धित खवर