पहिचान नखुले पछि एक पुरुषको शव गाडियो

पुस ८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा एक पुरुषको शव पहिचान नभएपछि शव गाडिएको छ ।

एक हप्ता वितिसक्दा पनि पहिचान हुन नसके पछि शुक्रबार उर्लाबारी स्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी कानेपोखरीको जंगलमा शव गाडिएको हो । इलाका प्रहरी कार्यालय पथरीले शवको पोष्टमार्टम गरी कानेपोखरी नगरप्रहरीलाई बुझाएको थियो । नगर प्रहरीले शुक्रबार नै जेसिविले खनेर शव गाडिएको नगर प्रहरी इन्चार्ज युवराज भूजेलले बताए ।

भारतीय मूलका नागरीक ३ महिना अघिदेखी कानेपोखरी चोकमा मागेर खाने र बेलुका भएपछि बरपिपलको फेदमा बस्ने गर्दै आएका थिए । लगभग ६० बर्ष माथीको देखीने अपरिचित पुरुष पुस २ गते विहान ५ बजेको समयमा सवारी साधनले ठक्कर दिएका थिए । पूर्वपश्चिम राजमार्गको सडकमा सवारी साधनको ठक्कर पछि उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएका छन् ।

इप्रका प्रहरी र कानेपोखरीका नगरप्रहरीले घटना भएकै दिन शवलाई मंगलबारे अस्पतालमा लगेर राखेका थिए । कुन सवारी साधनले ठक्कर दियो भन्ने बारेमा सवारी साधनको पत्ता लाग्न लागेको र पथरी–कानेपोखरी क्षेत्रमा यस्ता मागेर खाने भारतीय नागरिक ८ देखी १० जना सम्म अझै रहेको इप्रकाका डिएसपि वेद प्रसाद गौतमले बताए । भारतीय ठुलो गाडीले विहानको समयमा यस्ता मान्छे भारतबाट ल्याएर छोड्ने गरेको प्रहरी बताउँछन् ।

सम्बन्धित खवर