सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत ढकाल दुई लाख घुससहित रंगेहात पक्राउ

असार २२, विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल घुससहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत ढकाललाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको थियो ।

ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित खवर