६ भदौ, मोरङ । कानेपोखरी गाउँपालिका वडा नं. ६ स्तरीय बाल समूह तदर्थ समिति गठन भएको छ ।
शनिबार जनसेवा माध्यामिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा इसान तामाङको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा अंकिता रिजाल, प्रशिका श्रेष्ठ, सचिवमा समिप बस्नेत, सहसचिव अनिशा राई, कोषाध्यक्ष प्रकृति अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सदिक्षा दाहाल, एक्लन लिम्बु, रिम अधिकारी, प्रकृति कोइराला, अंशु फुयल, जेशिका तामाङ र मिषा भण्डारी रहेका छन् ।
कार्यक्रममा जनसेवा मावि, जेनिथ इङ्लिस स्कुल, माउण्ट हर्मोन स्कुल, सर्चलाई इङ्लिस स्कुलका विद्यार्थीहरु भेला भएका थिए । कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष खड्ग बस्नेतको उपस्थितमा समिति गठन भएको हो । कार्यक्रममा बाल अधिकारकर्मी लोकेन्द्र शाक्य पनि उपस्थित थिए । त्यस्तै कार्यक्रममा जनसेवा माविका प्र.अ. प्रमोद निरौला, जेनिथका पवन भट्टराई उपस्थित थिए ।



