६ भदौ, मोरङ । पर्ल एकेडेमी इङ्लिस स्कुल प्लस्टु ब्लक अन्र्तगत कक्षा ११ मा नयाँ भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ ।
कानेपोखरी गाउँपालिका वडा नं.–६ मा रहेको स्कुलले रमाइलो जनएकता साकोसमा एक कार्यक्रम गरी स्वागत सम्मान गरेको हो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई मायाको चिनो प्रदान गरी स्वागत गरेको थियो ।
यसै बीच विद्यालयले कक्षा ११ र १२ स्थापना गर्दा सञ्चारमाध्यमबाट तथा विभिन्न माध्यमबाट सहयोग पुर्याएको भन्दै सञ्चारकर्मीहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा दिनेश सुब्बा, विद्यानन्द चौधरी, सनम रोक्का, भोला भट्टराई, विवेक खतिवडा र दुर्गेश खतिवडा रहेका छन् । उनिहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए । विद्यालयले शिक्षकहरुलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेतले शुभकामना मन्तव्य दिदै कानेपोखरी क्षेत्रमा संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा बालबालिकाको लागि ठुलो योगदान दिइरहेको बताए । वस्नेतले कक्षा ११ पढ्नको लागि कानेपोखरी क्षेत्र बाहिर धेरै विद्यार्थीहरु जाने गरेकोले यस क्षेत्रमै बिभिन्न विषयमा कक्षा ११ पढ्ने वातावरण विद्यालयहरुले बनाउनु पर्ने जोडदिए ।
विद्यालयले कार्यक्रममा दुईजना शिक्षकलाई पनि बिदाई गरेका थिए । विगतदेखी नै शिक्षण गर्दै आउनुभएका प्रदिप गुरागाईँ र दपर्ण घिमिरेलाई सम्मान पत्रले सम्मान गरी विदाई गरिएको थियो । दुवैजना काम व्यस्तताले विद्यालय उपस्थित हुन नसक्ने भएपछि विदाई गरिएको विद्यालय संचालक होमकुमार मोतेले बताए ।
कार्यक्रममा कक्षा ११ र कक्षा १२ को छात्राछात्रले एकल र सामूहिक नृत्य गरेका थिए । कार्यक्रममा पर्ल एकेडेमी इङ्लि स्कुलका निर्देशक मन कुमारी गुरुङ, सञ्चरकर्मी, शिक्षक, अभिभावक लगाएत उपस्थित भएका थिए ।
कक्षा १२ का प्रदिप कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कक्षा १२ का नरेन्द्र राजवंशीले संचालन गरेका थिए ।



