सोमवार, भदौ १, २०८३

भुजेल समाजको जिल्ला अध्यक्षमा युवराज भुजेल निर्वाचित

३१ साउन, मोरङ । भुजेल समाज सेवा समिति मोरङ जिल्लाको ७ औं अधिवेशनले अध्यक्षमा युवराज भुजेल चयन भएको छ ।
शनिबार मोरङको बेलबारीमा रहेको नेपाल आदिवासी जनजाति भवनमा सम्पन्न अधिवेशनले युवराज भुजेलको नेतृत्वमा १५ जना कार्यसमिति रहनेगरी समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मिना भुजेल, बलबहादुर भुजेल, सचिबमा ममता भुजेल, सहसचिवमा रेखा भुजेल र कोषाध्यक्षमा जानुमाया भुजेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शोभा भुजेल, झमक भुजेल, मन्दिरा भुजेल, गोविन्द भुजेल, खगेन्द्र भुजेल, कल्पना भुजेल दानबहादुर भुजेल र चित्रमाया भुजेल रहेका छन् । अन्य एकजना समितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचित अध्यक्ष युवराज भुजेलले बताए ।
निर्वाचित युवराज भुजेल यसअघि समितिको सचिब रहेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भुजेल समाज सेवा समितिको केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, केन्द्रिय उपाध्यक्ष केशव भुजेल, केन्द्रिय सहकोषाध्यक्ष तिर्थ भुजेल, प्रदेश अध्यक्ष नारायण भुजेल लगाएत अतिथिहरु रहेका थिए । कार्यक्रम युवराज भुजेलले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.