बिहिबार, भदौ ४, २०८३

दुई पालिक जोड्ने डाँस खोलामा पुल निर्माणका लागि स्थलगत निरीक्षण

४ भदौ, मोरङ । स्थानीय पूर्वाधार विकास विभाग काठमाडौंका इन्जिनियर तथा पथरी शनिश्चरे नगरपालिकाका प्राविधिक टोलीले कानेपोखरी–पथरी शनिश्चरे पालिका जोड्ने डाँसखोलामा पक्की पुलको लागि स्थलगत निरीक्षण गरेको छ ।

टोलीले पथरी शनिश्चरे– ८ को बिसबिघे –कानेपोखरी–४ पिङडाँडा जोड्ने र पथरी शनिश्चरे–८ दोहलु शुक्रबारे –कानेपोखरी–४ गैरिगाउँ जोड्ने डाँस खोलामा पुल निर्माणको लागि स्थलगत निरीक्षण गरेको हो ।

प्रस्तावित पुल निर्माणस्थल, सडकको अवस्था तथा आवतजावतमा देखिएको जनताको समस्याबारे प्राविधिक अध्ययन गरिएको थियो ।
दुवै स्थानमा हिउँदको बेला अस्थाई पुल निर्माण गरी आवतजावत गर्ने गरेका थिए । पथरी शनिश्चरे –८ नम्बर वडाको पहलमा होमपाइप खरिद गरी स्थानीयको सहयोगमा हिउँदमा ८ महिना अस्थाई पुल निर्माण गरी आवगमनलाई सहज बनाउदै आएको थियो । अस्थाई पुलमा ट्याक्टर, मोटरसाइकल, साईकल, साना चारपाङ्ग्रे गाडी, सिटी सिक्सा जस्ता सहजै आवतजावत गर्ने गरेका थिए ।

त्यहाँ वारीपारीका स्थानीयहरुलाई वारीपारी गर्न दुवै स्थानमा पुल महत्वपूर्ण रहेको छ । त्यहाँ पक्की पुलको व्यवस्था गर्न पथरी शनिश्चरे–८ का वडा अध्यक्ष नविन कार्की प्रदेश सरकार हुर्दै संघीय सरकारमा पुगि सकेका छन् । उनले अव तत्काल डिपिआर गरेर पक्की पुल बन्ने बताएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.