७ भदौ, कानेपोखरी । ब्रह्रमाकुमारी राजयोग उपसेवा केन्द्र कानेपोखरी ४ बयरवनले राजयोगिनी दादी प्रकाशमणिको १९ औं पुण्य तिथिमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
ब्रह्रमाकुमारी राजयोग उपसेवा केन्द्रको भवनमा कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको उस्थितमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६८ जनाले रगत दान गरेका अर्जुन थपलियाले बताउनु भयो ।




