६ भदौ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ६ को भूमीहीन दलित, मूमीहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको १२७ वटा फालय सम्पूर्ण काम सकेर भूमि समस्या समाधान समिति मोरङलाई शुक्रबार बुझाएको छ ।
गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत र भुमि शाखाका सर्वेक्षक चन्दकान्त यादव सहितका टोलीले भूमीहीन दलित ११, भूमीहीन सुकुम्बासी २९ र अव्यवस्थित बसोबासी ८७ घरधुरीको फायल शुक्रबार बिराटनगर पुगेर बुझाएको हो ।
भूमि समस्या समाधान समिति मोरङ तत्काल काम गर्र्यो भने ४, ५ महिनामै पुर्जा वितरण हुने उपाध्यक्ष अधिकारीले बताए ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लामो समयदेखि जग्गाधनी पुर्जा वितरण हुन नसकिरहेको अवस्थामा स्थानीय तहबाट आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित समितिलाई फायल हस्तान्तरण गरिनुलाई महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ ।
कानेपोखरी गाउँपालिकाको भुमि शाखाकामा भूमीहीन दलित ३२६, भूमीहीन सुकुम्बासी १,५७४ र अव्यवस्थित बसोबासी २,२९५ घरधुरीले फारम भरेको भुमि शाखाका सर्वेक्षक यादवले बताए ।



