अग्नि नियन्त्रकलाई ५ दिने विपद् व्यवस्थापन तालिम कानेपोखरीमा सुरु

जेठ ८, कानेपोखरी । मोरङको चार पालिकाको अग्नि नियन्त्रकलाई विपद् व्यवस्थापन तालिम कानेपोखरी गाउँपालिकामा आजबाट सुरु भएको छ ।

सोमबार बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो । तालिमको कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । तालिमलाई सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले जतिखेर पनि र जुनसुकै समयमा विपद् आइपर्ने भएको हुँदा त्यसको तयारी रहनको लागि पनि तालिमको आवश्यक रहेको बताए । उनले आगालागी हुँदा नगरप्रहरी र अग्नि नियन्त्रकहरु धेरै ठाउँमा आगोले पोलेर घाईतेहुने भएकोले पनि यसबाट कसरी बच्न सकिन्छ भनेर तालिमको आवश्यक रहेका बताए ।

तालिममा प्रमुख प्रशासकिय अधिकृत विष्णुकुमार थेगुवा, वातावरण तथा विपद् व्यावस्थापन समिति कानेपोखरी गाउँपालिका अध्यक्ष तथा ७ नं. वडाध्यक्ष मोहन प्रसाद अधिकारीले पनि बोलेका थिए ।

शुक्रबार सम्म चल्ने तालिममा कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाका २५ जना अग्नि नियन्त्रक, बारुणयन्त्र चालक र नगरप्रहरीहरु सहभागी भएका छन् । आगालागी हुनबाट बच्न तीन वटै पालिकाले ढिलोचाडो भएपनि बारुणयन्त्र खरिद गरेका छन् भने कानेपोखरी गाउँपालिकालाई कोशी प्रदेश सरकारले निशुल्क प्रदान गरेको थियो ।

तालिमलाई जुद्व बारुणयन्त्र भक्तपुरबाट प्राविधिक सहयोग गरेका छन् । तालिमलाई उमेश ढकाल, सानुराम दाहाल र निराकार थापाबाट प्रशिक्षण भैरहेको कानेपोखरी गाउँपालिका नगरप्रहरी प्रमुख युवराज भुजेलले बताए ।

सम्बन्धित खवर