झोलुङ्गेपुलले वडा नं. ४ र ६ लाई जोड्दै

जेठ २०, कानेपोखरी । लामो समय पच्छात गाउँगाउँमा स्थानीय सरकार आएपछि सानाठुला खोला तथा नालाहरुमा झोलुङ्गेपुलहरु केही निर्माण भैसकेका छन् भने केही निर्माणका क्रममा छन् ।

स्थानीय मानिसहरु खोलाबाट पारी र वारी गर्न सहजताको लागि स्थानीय सरकार मार्फत प्रदेश सरकारसँग झोलुङ्गे पुलको माग गरी विकट स्थानहरुमा पुल निर्माणको काम केही सम्पन्न भएका छन् भने केही निर्माण क्रममा छन् ।

मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. ६ र ४ जोड्ने झोलुङ्गे पुल निर्माणको क्रममा छ । वडा नं. ४ को प्रणामी डाँडा उत्तरदेखी वडा नं. ६ को नर्सरी डाँडा जोड्ने भलुवा खोलामा झोलुङ्गे पुल निर्माणको क्रममा रहेको हो । शुक्रबार कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले सो पुलको अनुगमन् गरेका छन् ।

कोशी प्रदेश सरकार पूर्वाधार विकासबाट ९७ लाख ७४ हजार ६९० रुपैया विनियोजित बजेटमा लम्बाई ८४ मिटर र १.५० मिटर चौडाई पुलको पुल बन्न लागेको छ । २०७९ पुस २ गते सम्झौता रहेको पुलको २०८० असार २९ गते योजना सम्पन्न गरिसक्नुपर्ने छ ।

पुल निर्माण गर्न खोलामा तीन वटा पिल्लर निर्माण गरिएको छ । लगभग २० फुट उच्चाईमा रहेको पिल्लरमाथी ट्रस जोडिएको छ । यो पुलबाट टेम्पो, सिटी रिक्सा, मोटरसाईकल लगाएतका सवार साधन आवतजावत गर्न सक्नेछ ।

यो पुल निर्माण गर्न परिवर्तन नेपालले प्राविधि, समाजिक तथा संगठनात्मक सहयोग र टिविसु तथा पिटिएपि संस्थाले प्राविधि तथा लठ्ठा बुल्डग ग्रीपमा सहयोग गरेका छन् । यो पुल निर्माण सम्पन्न भएपछि त्यहाँका ३५० घरधुरीले सहजता पाउने छन् ।

सम्बन्धित खवर