शनिबार, साउन ३०, २०८३

ब्राउन सुगरसहित कानेपोखरीमा दुईजना युवा पक्राउ

३० साउन, कानेपोखरी । मोरङको रमाइलो प्रहरी चौकीले ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेका छन् ।

कानेपोखरी गाउँपालिका–४ बस्नेत वर्ष २४ को मिनेस घिमिरेलाई प्लाष्टीक सहित २.५ग्राम लागुऔषध(ब्राउन सुगर) सहित पक्राउ गरेको हो ।

रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सदानन्द कुमार यादवको नेतृत्वको टोलीले ा बिशेष सुराकीको आधारमा कानेपोखरी –६ स्थित नर्सरीडाँडाको छवी सार्कीको घरमा छापा मारी शुक्रबार राती ९ः३० बजे पक्राउ गरेको थियो ।

सार्कीको घरमा छापा मार्ने क्रममा दोस्रो तलामा बेच्नको लागि तयार पार्दै गर्दा पक्राउ गरेको हो । पक्राउ परेका मिनेस घिमिरे छवी सार्कीका नातेदार हुन । उनलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै २४ साउन गते रमाइलो प्रहरी चौकीले ब्राउन सुगर सहित लेटाङका ३८ वर्षिय टंक प्रसाद राईलाई पक्राउ गरेको थियो ।

लेटङ नगरपालिका–३ बस्ने राईलाई दिउँसो ४ बजे कनेपोखरी–२ को गेउरीया खोलामा खानतलासी गर्ने क्रममा ४.४ सय ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । उनले प्रयोग गर्ने प्र.१–०२–०४३ प ९१६ नम्बरको स्कुटी पनि प्रहरीले बरामद गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.