साउन २९, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित ग्रामिण सुधार सामुदायिक वन समूहबाट भखरै छुट्टीएको दहि लामिचौरी सामुदायिक वन समितिको भोली मंगलबार चुनाव हुने भएको छ ।
नेकपा(एमाले) वीच वन उपभोक्ता समितिको पदाधिकारीमा जाने कुरो नमिले पछि चुनावमा जाने वातावरण तय भएको हो । वन समिति चुनावका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको प्यानल बनाई चुनावी मैदानमा छन् भने नेकपा(एमाले) को एकल छुट्टै प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् ।
वन समितिका लागि नेकपा(एमाले) बाट अध्यक्षमा त्रिभूनाथ नेपाल, सचिवमा मान बहादुर तेयुङ(दिपक), सहसचिवमा दिपक धिसिङ, कोषाध्यक्ष संगिता वि.क., सदस्यहरुमा प्रेमबहादुर तामाङ, लक्ष्मण कार्की, सूर्यबहादुर खुलाल र भुमि प्रसाद थेगिम रहेका छन् ।
त्यसैगरी नेकपा(एमाले)बाट लेखा संयोजकमा टंक घिमिरे रहेका छन् । अध्यक्षको उम्मेद्वार त्रिभूनाथ नेपाल २०७४ सालको स्थानीय तहको चुनावमा वडा नं. ६ बाट सदस्य पदमा अत्याधिक मत ल्याई निवार्चित बनेका हुन । त्यसैगरी कोषाध्यक्ष पदका संगिता वि.क. पनि २०७४ सालको स्थानीय तहको चुनावमा वडा नं. ७ बाट सदस्य पदमा लोप्रिय मत ल्याई निवार्चित बनेका थिए ।
त्यसैरी गठबन्धनबाट अध्यक्षमा सरमान धिसिङ, सचिवमा होमनाथ खरेल, सहसचिवमा नरबहादुर कटुवाल, कोषाध्यक्षमा स्वस्किा फुयल(अधिकारी), सदस्यहरुमा तिलकबहादुर दहाल, भूपेन्द्र सुब्बा, गुणराज फुयल र थर्कबहादुर परियार रहेका छन् ।
त्यसैगरी लेखा संयोजकमा गठबन्धनबाट जनक ढकालको उम्मेद्वारी रहेका छन् ।
नेकपा(एमाले)बाट उपाध्यक्षमा शुखमाया तामाङ(सुनिता) र भिमकुमारी चोङवाङको मात्र उम्मेदवारी रहेकोले यो पदमा दुईजनामा एकजना सर्वसहमती हुने एमाले स्रोतले जनाएको छ ।
उता अध्यक्ष पदमा स्वातन्त्र उम्मेद्वारको रुपमा कृष्ण थामीले पनि उम्मेद्वार दिएका छन् । नेकपा(एमाले) कानेपोखरी गाउँ कमिटिका उपसचिव समेत रहेका थामीलाई पार्टीले वन समितिकाे अध्यक्षमा नाम सिफारिस नगरेपछि थामीले स्वतन्त्र उम्मेद्वार दिएका हुन ।
अर्का एमाले समर्थक राजकुमार लिम्बुले पनि वन समितिको अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । यसो हुँदा वन समितिको अध्यक्ष पदमा ४ जनाको चुनाव हुने भएको छ ।
दहि लामिचौरी सामुदायिक वनको २९८.९२ हेक्टर क्षेत्रफल रहेको छ । यसमा क वर्गका उपभोक्ताका संख्या ९३१ घरधुरी रहेका छन् । त्यसैगरी ख वर्गका उपभोक्ता ४४३ जना रहेको छ ।
क्षेत्रफलको हिसाबले मोरङ जिल्लाकै सवै भन्दा ठुलो ग्रामिण सुधार सामुदायिक वन एक महिना अघि २४ बर्ष पछि तीन समूहमा विभाजित थिए । विभाजित तीन वटा वन समूहको नाम ग्रामिण सुधार सामुदायिक वन, दहि लामिचौरी सामुदायिक वन र भुल्के सुन्तली सामुदायिक वन रहेको छ ।
वनमा अहिले १ करोड ६० लाख, ४० हजार ४ सय ५ रुपैया ऋण छ । क्षेत्रफलको आधारमा कुल ऋण पनि व्याहोर्ने गरी तीन खण्डमा वन समूह वनाउने राजनीतिक सहमती भएको थियो ।
कुल ऋण मध्येबाट ग्रामिण सुधार सामुदायिक वनले (३५ प्रतिशत) ५६ लाख १४ हजार १ सय ४३ रुपैया, दहि लामिचौरी सामुदायिक वनले (४० प्रतिशत) ६४ लाख १६ हजार १ सय ६२ रुपैया र भुल्के सुन्तली सामुदायिक वनले (२५ प्रतिशत) ४० लाख १० हजार १ सय १ रुपैया ऋण व्याहोर्ने गरी भाग लगाएका छन् ।
यस अघि २४ बर्ष सम्म ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूह तीन वटा क्षेत्र निर्माण गरी कार्य सम्पादन गर्दै आएका थिए । क्षेत्र नं. १, २ र ३ क्षेत्रको समूह निर्माण गरी तीनवटा वन क्षेत्रलाई मुल समितिले मात्र कटान आदेश, विक्रि आदेश र आर्थिक कारोबार गर्दै आएको थियो ।
अर्का ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहमा राजनितिक सहमती भई वन समिति निर्माण भई सकेको छ भने भुल्के सुन्तली सामुदायिक वन पनि चुनावको तयारीमा रहेको छ ।