आज पथरीशनिश्चरे नगरमा पनि रथयात्रा

भदौ २१, पथरी । मोरङको पथरीशनिश्चरे–४ मा स्थापित श्री राधाकृष्ण मन्दिर समितिले कृष्ण जन्म जन्माष्टमीको अवसरमा रथ यात्रा निकालेको छ ।

मन्दिर समितिले सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित श्री राधाकृष्णको रथयात्रा निकालेको हो । बिहिबार विहान १० बजेबाट सुरु भएको रथ यात्रामा पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवीमाया काफ्ले, वडा नम्बर ४ का वडाअध्यक्ष लोकनाथ न्यौपाने लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राधाकृष्ण मन्दिरबाट शुभारम्भ भएको रथ यात्रा सोमबारे बजार हुँदै शनिश्चरे बजार क्षेत्र परिक्रमा गरी पुनः मन्दिरमा आएर यात्राको समापन गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव रामप्रसाद न्यौपानेले जनाए ।

सम्बन्धित खवर