कांग्रेस र माओवादी नेताको जिल्ला केन्द्रीत मात्र बजेट – डा. शर्मा

भदौ २४, पथरी । मोरङ–३ का सांसद डा. सुनील शर्माले अहिलेको बजेट कांग्रेस र माओवादीका केही नेताको जिल्लामा केन्द्रीत मात्र भएको बताएका छन् । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभामा डा. शर्माले सो कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि डा. शर्माले जनतासँग उठाएको कर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकासशरण महत र प्रधानमन्त्री प्रचण्डको जिल्लामा मात्र केन्द्रीत रहेको बताउए । ३३ प्रतिशत बजेट ४ जिल्लामा गएको उल्लेख गर्दै सांसद शर्माले निगुरो र पात टिप्ने आमाहरू र खोलामा गिट्टी कुट्ने मजदुरलाई हेरेर बजेट नबनाएको हुनाले देशको विकास नहुने दाबी गरे । उनले मुलुकमा जातीय, धार्मिक तथा अन्य विभिन्न प्रकारका द्वन्द्व, हिंसा र आन्दोलनका घटनाहरू बढ्नुमा प्रमुख जिम्मेवार राजनीतिक दलहरू भएको बताए ।

कोशी प्रदेश सभाका सांसद गीता तिम्सिनाले जनताको माग अनुसार काम गर्न आफु जुनसुकै समयमा पनि तयार रहेका बताइन् । सामूदायिक वन अभियान्ता अग्नि पौडेलले राज्यले सामूदायिक वनलाई सौताको ब्यवहार गरिरहेको बताए । राजा कालिन राष्ट्रिय निकुन्ज ऐन २०२९ अझै पूर्ण रुपमा संसोधन नभएको र लोकतन्त्र आएर पनि बन क्षेत्रमा अधिकार विकेन्द्रीकरण नभएको उल्लेख बताए । पौडेलले सामूदायिक वनले समूह बाहिर बिक्री गरेको लकडीबाट प्राप्त रहकको ५० प्रतिशत रकम आपुर्ति समितिलाई दिनु पर्ने ब्यवस्था खारेज हुनुपर्ने बताए । यस्तै पथरी शनिश्चरे वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

आगामी आर्थिक वर्ष २०८०/०८१को लागि वन उपभोक्ता समूहको अध्यक्ष मदन पोखरेलले– वार्षिक कार्यक्रम तथा आगामी वर्षका लागि प्रस्तावित विनियोजित बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर