भदौ २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको कार्यकारिणी र लेखा समितिको विभिन्न पदमा दुई वटा प्यानलमा उमेद्वारी दिई चुनावी मैदानमा उत्रिएका छन् ।
चार पार्टीको साझा प्यानलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एस) र जनता समाजवादी पार्टीका संयुक्त उमेद्वार व्यवसायी धनकुमार तामाङको नेतृत्वमा चुनावी मैदानमा गएका छन् । त्यसैगरी एमाले निकट वर्तमान अध्यक्ष दीपक बस्नेतको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा उत्रिएका छन् । साझा प्यानलको उमेद्वारहरुले हिजो विहिवार पत्रकार सम्मेलन गरी आफ्नो उमेद्वारीको नाम सार्वजनिक गरेका थिए ।
यता एमाले निकट व्यवसायी दीपक वस्नेतको नेतृत्वको प्यानलले शुक्रबार उमेद्वारहरुको नाम सार्वजनिक गरेका छन् । अध्यक्षमा दीपक बस्नेत निवर्तमान अध्यक्ष हुन । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा यादव चन्द्र दुलाल, उपाध्यक्षमा आशा राई, महासचिवमा अशोक साम्पाङ राई, वाणिज्य सचिवमा इश्वरी सापकोटा, उद्योग सचिवमा मानबहादुर श्रेष्ठ र कोषाध्यक्षमा उद्धवराज बस्नेत रहेका छन् ।
त्यसैगरी महिला सदस्यमा देवी राई र मिता राई, खुल्ला सदस्यमा हरिराजप्याकुरेल, दुर्गाराज खत्री, नीलम बस्नेत, खेमराज निरौला रहेका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा कृष्ण प्रसाद भट्टराई, कृष्ण श्रेष्ठ र एलसन बास्तोला चुनावी मैदानमा जाने भएको महासचिवका उमेद्वार अशोक साप्पाङ राईले बताए ।
दीपक वस्नेतको नेतृत्वको प्यानलले विभिन्न पदमा व्यवसायीहरुले बढी उमेद्वारी दर्ता गरे पछि विहिबार नामवली टुङ्गो लगाउन सकेको थिएन । शुक्रबार विहान १० वजेदेखी १२ बजे सम्मको उमेद्वारी दावि विरोधमा केहीले फिर्ता लिएपछि नाम सार्वजनिक गरेको हो ।
अघिल्लो निर्वाचनमा ७४४ मतदाता रहेका थिए । यस बर्ष १३४ (आजीवन सदस्य) र १५ सय ८६ साधारण गरी १७ सय २० मतदाता रहेको छ ।