राष्ट्रिय बाल दिवसको अवसरमा तीन वटा संस्थाले हाजिरिजवाफ प्रतियोगिता गर्दै

भदौ २६, कानेपोखरी । राष्ट्रिय बाल दिवस २०८० को अवसरमा मोरङको कानेपोखरीमा तीन वटा संस्थाले छुट्छुटै कार्यक्रमको आयोजना गरेको छ ।

प्याब्सन, एनप्याब्सन कानेपोखरी र पिनाकल बाल क्लबले आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगितको आयोजना गरेको हो ।

एनप्याब्सन कानेपोखरीले आज मंगलबार आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता गर्दैछन् । वडा नं. ६ स्थित रमाइलो जनएकताको सभाहलमा प्रतियोगिता गरिने एनप्याब्सन कानेपोखरीका अध्यक्ष अर्जुन राईले बताए । निजी तथा सामुदायिक विद्यालयबाट सहभागि हुने प्रतिगोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्याब्सन कानेपोखरीले असोज २८ गते विहिबार आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो । वडा नं. ६ स्थित रमाइलो जनएकताको सभाहलमा हुने प्रतियोगितामा पहिलो पल्ट भएकोले प्याब्सन अन्तरगतका विद्यालयहरुमा सहभागि हुने प्याब्सन कानेपोखरीका अध्यक्ष मनकुमारी गुरुङले बताइन् ।

त्यसैगरी वडा नं. ४ मा रहेको पिनाकल बाल क्लबले भदौ २९ गते शुक्रबार आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता गर्ने तयारी गरेका छन् ।

 

 

सम्बन्धित खवर