सोमवार, पुस २१, २०८२

कानेपोखरी ४ नं. राष्ट्रिय युवा संघ गठन, अध्यक्षमा सुरज तामाङ

असोज १० गते, बयरवन । नेपाल कम्युनिष्ट पार्टी(एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको कानेपोखरी गाउँपालिकाको ४ नं. वडा कमिटी गठन भएको छ ।

वडा नं. ४ पार्टीको शनिबार भएको विस्तारित बैठकले सुरज तामाङको अध्यक्षतामा १०८ जना सदस्य समिति चयन भएको हो । समितीको उपाध्यक्षमा तिर्थबहादुर घिमिरे, सचिवमा महेश कटुवाल, सहसचिवमा प्रताप राई र कोषाध्यक्षमा चागुँनारायण राई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चक्रबहादुर राई, प्रवेश विश्वकर्मा,पुष्प दाहाल, दुर्गा शाह, चन्दन शाह, मनोज यादब, लुटन चौधरी, मनोज चौधरी, विवेग चौधरी, पुष्पलाल गिरी, सुमन गिरी, सञ्जय कटुवाल, सरु गुरागाई, प्रदिप माझी, विनोद माझी, सन्तोष राजवंशी, कुमार लिम्बु, मनोज माझी लगाएत सदस्य रहेका छन् ।

नव गठित युवाहरुलाई नेकपा एमाले जिल्ला सल्लाहकार संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सपथ ग्रहण गराउँर्दै बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश १ सदस्य डिपी राई, विषेश अतिथि क्षेत्र नं. ३ ख, का सांसद तथा पूर्व राज्य मन्त्री राजकुमार ओझा, अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष दानबहादुर बस्नेत र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नविन पौडेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमाले जिल्ला सदस्य भोला अधिकारी, गाउँ कमिटि सहसंयोजक सुशिल बुढाथोकी, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सदस्य तथा वडा नं. ६ का अध्यक्ष कुमार फुयल, अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटि अध्यक्ष मुना श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँकमिटिका संयोजक अशोक फुयल लगाएत अतिथि रहेका थिए । पार्टी अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव इश्वरी बस्नेतले संचालन गरेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.