जेठ ९ गते, पथरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मोरङको पथरीशनिश्चरे नगरमा कोरोना संक्रमितहरुका लागि सञ्चालन गरिने आइसोलेसनमा आवश्यक केही स्वास्थ्य सामग्री उपलब्ध भएको छ ।
मन्त्रालयबाट गाउन, एन नाइन्टी फाइभ मास्क, सेफ्टी चश्मा, पञ्जा, सेनिटाइजर तथा केही उपकरणका सामग्री प्राप्त भएको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बताइन ।
नगरमा निर्माण भएको आइसोलेसनका लागि नगरको वडा नम्बर १ को शिव बस्त्रालयले २ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । त्यस्तै, बेलबारीको भाउन्ने बल्लुचोक स्थित सूर्य एग्रिग्रेटले ३ वटा सिलिण्डर उपलब्ध गराएको छ । नगरमा रहेका अक्सिजनका सिलिण्डरलाई यो बेला कोरोना संक्रमितका लागि उपयोग गर्न उपलब्ध गराउन नगर उपप्रमुख वास्तोलाले आव्हान समेत गरेको छ ।