कृषि उत्पादक समूहले गरे सार्वजनिक सुनुवाई

पुस १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे –९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादक समूहले पहिलो सार्वजनिक सुनुवाई गरेको छ । मोरङको पथरीशनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि सञ्चालित कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि तथा पशुपंक्षी व्यवसायको क्षेत्रमा नगरले प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिएको बताउँदै किसानहरुलाई उन्नतीको शुभकामना व्यक्त गरे । कार्यक्रममा, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले चुस्त दुरुस्त रुपमा कार्यक्रम सञ्चालन गरी नमूना बन्न शुभकामना व्यक्त गरे ।

समूह अध्यक्ष डिल्लीराम भट्टराईको अध्यक्षताको कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, ९ नम्बर वडा सदस्य इन्द्रावती गुरुङ, नगरको कृषि शाखा प्रमुख सावित्रा कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रदेशकै नयाँ कार्यक्रमका रुपमा दुध मिसन कार्यक्रम अन्तर्गत भैंसी प्रवद्र्धनका लागि नगरको १९ लाख ९४ हजार र समूहको ५ लाख ९० हजार गरी २५ लाख ८४ हजार रकम रहने छ । जसमा, १५ वटा भैंसी, एउटा राँगो, दुध चिस्याउने चिलिङ भ्याट सहित खरिद तथा तालिम, औषधिका कार्यक्रम समेटिएका छन् ।

 

सम्बन्धित खवर