पुस १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२, स्थित रेडस्टार बोर्डिङ स्कुलले कक्षा ११ का नव आगन्तुक विद्यार्थीको स्वागत गरेका छन् ।
शनिबार पथरीमा एक कार्यक्रमको आयोजना गरी कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेको हो । सो अवसरमा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगरका उपसचिव एवम शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समय सुहाउँदो विषयमा अध्यापन गराई गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताएका थिए ।
उनले बाक्लै शिक्षण संस्था भएका क्षेत्रमा प्रत्येक शिक्षण संस्थाले फरक फरक संकाय संचालन गरी प्रभावकारी रुपमा समय सान्दर्भिक गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीएन तिम्सिनाले विद्यालयको नयाँ व्यवस्थापन मार्फत व्यवस्थापन संकायमा प्रदेशमै राम्रो नतिजा ल्याएर विद्यार्थी उतीर्ण गराउन सफल भएको उल्लेख गरे । उनले पाठ्यपुस्तकसँगै जीवनमा आवश्यक सिकाई विद्यालयले प्रदान गर्ने गरेको वताए ।