बालभित्ते पत्रिका, कविता तथा बालकथा लेखन तालिम सम्पन्न

पुस ४, संखुवासभा । प्याब्सन संखुवासभा जिल्लाको आयोजनामा बालभित्ते पत्रिका, कविता तथा बालकथा लेखन आधारभूत सिकाई तालिम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति खादबारीको सभा हलमा भएको कार्यक्रममा दुई दिने तालिम सम्पन्न भएको हो ।
पुस १ र २ गते भएको तालिममा जिल्लाका ८ वटा निजि विधालयका ५२ जना विधार्थीको सहभागिता रहेको थियो ।

प्याब्सन संखुवासभाका अध्यक्ष जयन्द्र शाक्यको सभाध्यक्षता, शिक्षा, युवा तथा खेलकुद शाखाका हिमबहादुर भट्टराईको प्रमुख आथित्य, वरिष्ठ साहित्यकार ताराबहादुर बुढाथोकी पाख्रिवासे कान्छाको आथित्यमा संचालन भएको थियो । तालिमलाई ताराबहादुर बुढाथोकी र लोकेन्द्र शाक्यले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर