राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीको अध्यक्षमा अनिल परियार

फागुन १४ गते, कानेपोखरी । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीको अध्यक्षमा अनिल परियार सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न गाउँ अधिवेशनले परियारको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा सबिन बस्नेत, सचिवमा पवन भट्टराइर्, सहसचिवमा सुजन ऋषिदेव र कोषध्यक्षमा नवीन श्रेष्ठ चयन भएका छन् ।

राष्ट्रिय युवा संघ जिल्ला इन्चार्ज भुपाल श्रेष्ठले पार्टी र पार्टीका जनर्गीय संगठनहरु शुद्धीकरण अभियान अन्तरगत कार्यक्रम रहेकोले संगठनका नयाँ नेतृत्व चयन गरेको बताए । यस्तै कार्यक्रममा अतिथिहरुले पार्टीले ल्याएको ग्रास रुट अभियानमा साथ दिन र युवा संघ पार्टीको खम्बा भएकाले बलियो र मजबुत हुन पनि आग्रह गरेका छ्न ।

कार्यक्रममा अध्यक्षता निवर्तमान अध्यक्ष अशोक फुयालले गरेका थिए भने प्रमुख अतिथिमा पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य राजमती इङ्नाम रहेको थियो । यस्तै कार्यक्रममा पार्टीका जिल्ला सचिवलाय सदस्य भोला अधिकारी, गाउँपालिका पार्टी अध्यक्ष सुशील बुढाथोकी, सचिव चरण गुरुङ, युवा संघ मोरङ जिल्ला निवर्तमान अध्यक्ष नवीन पौडेल लगायत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर