कानोपेखरी प्रहरी चौकीमा मन्दिर शिलान्यास

फागुन २६ गते, कानेपोखरी । अस्थायी प्रहरी चौकी कानेपोखरीको प्राङ्गनमा भगवती देवीको मन्दिर शिलान्यास भएको छ ।

शुक्रबार पुजाआज गरी कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र इप्रका पथरीका डिएसपी लक्ष्मी भण्डारीले शिलान्यास गर्नुभएको हो । सो प्रहरी चौकीले पूर्वपश्चिम राजमार्ग र वडा नं. ५ र ७ नम्बर वडाको सुरक्षा गर्दै आएको छ ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ र वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खवर