साउन २५, मधुमल्ला । आठौं सामुदायिक वन दिवसको अवसरमा मोरङको मिक्लाजुङ गाउँपालिकाको वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम भएको छ ।
विहिबार सामुदियक वन उपभोत्ता महासंघ मोरङ आयोजना र मिक्लाजुङ गाउँपालिकाको सहआयोजनामा मावा नुनसरी सामुदायिक वनको खाली जग्गामा बृक्षारोपण गरेको हो ।
वनको हातामा करिब ७ सय सतिशालका विरुवा रोपिएको छ । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद उमाकान्त गौतमले सामुदियक वनले नेपालको वन संरक्षणको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताएका छन् । साथै नेपालले विश्वमा वातावरण संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको चर्चा गरेका छन् । उनले विरुवा रोप्नु भन्दा हुर्काउन समस्या हुने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह पनि गरेका छन् ।
त्यसैगरी बिशिष्ठ अतिथि तथा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले वन सबैका लागि अपरिहार्य रहेकाले सबै मिलेर वनको संरक्षण गर्नु पर्ने बताएका छन् । उनले आफू पनि सामुदायिक वनमा काम गरेकै कारण निर्वाचन जितेकोले वन अभियानकर्मीहरुले वनबाट सरकारलाई तिरेको करको दोब्बर बजेट दिलाउन लाग्नुपर्ने बताएका छन् ।
सो कार्यक्रममा वनका केन्द्रीय सदस्य रोहिणी गौतम, प्रदेश सदस्यहरू अग्नी पौडेल, रामकृष्ण राई, एन कुमारी दाहाल, समाजसेवी विष्णु गुरागाई, मिक्लाजुङ वन कार्यालय प्रमुख गोपाल दाहाल, कानेपोखरी गाउँ महासंघ अध्यक्ष नवीन राई, मावा नुनसरी वनका अध्यक्ष जगत बस्नेत लगायतले शुभकामना दिएका थिए ।
जिल्ला अध्यक्ष कृष्ण लुइँटेलको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव बालकुमारी कट्टेलले सञ्चालन गरेकी थिइन् भने जिल्ला उपाध्यक्ष मदन पोखरेलले कार्यक्रमको औचित्य प्रकाश पार्दै स्वागत गरेका थिए ।
Exif_JPEG_420