Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
जहदा भेट्रानस गोल्डकपको उपाधि आयोजक जहदाले हात पार्र्यो - Nigranitimes

जहदा भेट्रानस गोल्डकपको उपाधि आयोजक जहदाले हात पार्र्यो

मंसिर ६ गते, जहदा, मोरङ । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा भएको ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको फाइनल खेलको उपाधि आयोजक हात पारेको छ ।

उपाधिको लागि आइतबार भएको खेलमा हाम्रो इटहरी भेट्रानस एफसीलाई शुन्यको विरुद्ध १ गोल गर्दै आयोजक जहदाले उपाधि हात पारेको हो । कडा प्रतिस्पर्धा विच खेलको ३८ औं मिनेटमा आयोजक जहदाले प्लान्टी सुटबाट डेनिम राईले १ गोल गरेका थिए । हाम्रो इटहरीका जर्सी नंं १५ का नेत्र कुमार श्रेष्ठले डिएरीया भित्र जहदाका जर्सी नं. १४ का श्याम कुमार गोलेलाई लडाएपछि जहदाले प्लान्टी सुट गर्ने अबसर मिलेको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियोे ।

दोस्रो हाफमा दुवै टिम आक्रमक देखीए पनि आयोजक जहदाले दबावमा राखेको थियो । खेलको म्यान अफ द म्याच आयोजक जहदाका भुपेन लिम्बु, घोषित हुर्दै नगद २५ सय र ट्रफी पाएका थिए । त्यसैगरी अन्य वेष्ट गोल रक्षकमा आयोजक जहदाका राजिन धिमाल, वेष्ट डिफेन्समा बिष्णु सुनुवार, वेष्ट मिड फिल्डरमा डेनिम राई, वेष्ट फरवाडमा रमेश गुरुङ, म्यान अफ द टुनामेन्टमा नगेनमणी लिम्बु र बढी गोल कर्ता हाम्रो धरान भेट्रानसका जनकराज सुनुवार घोषित भएका थिए । उनिहरुले २५ सय र ५ हजार नगद सहित ट्रफी पुरस्कार पाएका थिए ।विजेता आयोजक जहदाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका छन् भने उपविजेता हाम्रो इटहरी भेट्रानसले ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् । कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले विजेता टिम आयोजक जहदालाई उपाधि प्रदान गरेका थिए । त्यसैगरी उपविजेता टिमलाई किरात धार्मिक वनका अध्यक्ष रामकाजी राईले पुरस्कार प्रदान गरेका थिए । अन्य वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ५ का वध्यक्ष चरण गुरुङ, वि एण्ड वि कन्ट्रक्सनका संचालक भूपाल श्रेष्ठ, जनजागृती सामुदायिक वनका सचिव सपना पुरी, खेल संयोजक डेनिम राई, सहसंयोजक भोजराज श्रेष्ठ, कालीकोशी खानेपानीका अध्यक्ष भोजकुमार राई लगाएतले खेलको विभिन्न विद्याका पुरस्कार विरण गरेका थिए ।

हाम्रो इटहरी भेट्रानस एफसीमा पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ, लक्ष्मि चौधरी, दिवस राई, श्याम मानन्धर र तीर्थ याक्सो जस्ता पूर्व राष्ट्रिय खेलाडीहरुले खेल खेलेका थिए । त्यसैगरी आयोजक जहदा भेट्रानस एफसीमा पनि पूर्व राष्ट्रिय खेलाडीहरु नगेन्द्रमणी लिम्बु, भूपेन लिम्बु, सन्जीव बुढाथोकी, डेनिम राई, सन्तोष गाउँले, रमेश गुरुङ र पूर्व खेलाडी चरण गुरुङले खेल खेलेका थिए । जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो ।

 

सम्बन्धित खवर