मङ्लबार, बैशाख २९, २०८३

कानेपोखरीबाट ५ सय ग्राम लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

२८ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रबाट लागू औषध ब्राउन सुगर बिक्री डिल्लरबाट ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रमाइलो प्रहरी चौकीले विशेष सूचनाको आधारमा कानेपोखरी–६ स्थित बरपिपल चोकबाट ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा नं. ६, स्थित बिहिबारे चोककी २३ वर्षिय सुस्मिता लिम्बु, सुस्मिताकी श्रीमान निश्चल भनिने लोकेश घले, वडा नं. ६, शिवशक्ति चोकका २० वर्षिय प्रज्वल राई, वडा नं.६, बरपिपल चोकका १७ वर्षिय राज बिश्वकर्मा र १७ वर्षि अन्जान जिमीलाई पक्राउ गरेको हो ।

प्रहरीले सुस्मितालाई २६ गते राती ८ः३० बजे बरपिपल चोक स्थित उषा राईको घरबाट पक्राउ गरेका थिए । उनका साथबाट प्याकिङ् गरेको ३१ प्याकेट १ं.८३ ग्राम ब्राउन सुगर, २९ सय ६५ नेपाली रुपैया, बिभिन्न कम्पनीको पाँचथान मोबाइल सेट बरामद गरेको थियो ।

त्यस्तै लोकेश घले, प्रज्वल राई, राज विश्वकर्मा र अन्जान जिमीलाई प्रहरीले वैशाख २७ गते राती ९ः१५ बजे पक्राउ गरेको हो । उनीहरुलाई ५ सय पर्ने प्याकेट बनाउँदै गर्दा प्रहरीले पक्राउ गरेको रमाइलो प्रहरी चौकीको सई सदानन्द कुमार यादवले बताए । प्रहरीले उनीहरुको साथबाट ३.८५० ग्राम ब्राउन सुगर, १९ सय ६५ रुपैया र २ थान मोबाइल बरामद गरेका थिए ।

प्रहरीका अनुसार बरपिपल चोकको घरमा पक्राउ गरेका घरधनी उषा राईको रहेको खुल्न आएको बताइएको छ । प्रहरीले यस अघि पालिकाको विभिन्न स्थानबाट ब्राउन सुगर सहित बिक्री वितरण देखि प्रयोग कर्ताहरुलाई पक्राउ गरी कारबाही अघि बढाएका थिए । प्रहरीले यस क्षेत्रमा अरुपनि पक्राउ जारी राखेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.