बुधबार, मंसिर ३, २०८२

खादाको रकमबाट ६ परिवारलाई खाद्यान्न

मंसिर १७ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित प्रभात सामुदायिक युवा क्लबले खादा, व्याच सहितका सामग्री प्रयोग नगरी त्यसबाट हुने खर्चले वडाका ६ जना विपन्नलाई खाद्यान्न वितरण गरेको छ ।

क्लबले आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर अतिथिलाई लगाइदिने खादा तथा व्याच लगाउनु अनावश्यक खर्च भएको ठहर गर्दै ६ परिवार प्रतिपरिवार १ बोराका दरले चामल र तेल वितरण गरिएको छ ।

सो वडाको मंगलबारेका १०० बर्षिय शन्तमाया रुम्बा, सोमबारेका अपाङ्गता भएका राजन भुजेल, मिलन चोकका महाप्रसाद पोख्रेल, सोमबारे (माझी टोल) का पहाडे माझी, वीरबहादुर भुजेल र राईडाँडाका मङ्सिरि राईको घरमै पुगेर सो राहत वितरण गरिएको क्लब अध्यक्ष नविनजंग कार्कीले जनाए ।

सप्ताहका रुपमा विविध कार्यक्रम गरी रजत महोत्सव मनाएको थियो । नगर प्रमुख दिलिपकुमार राइले कार्यक्रम समापनका अवसरमा राष्ट्रिय झण्डा फहराइ नबनिर्मित क्लब भवन उद्घाटन गरेका थिए । राई जातिको चण्डी नाच, उराउ जातिको उराउ नाच, नौमती बाजा लगायतका जातिय पहिचान सहितको नृत्य प्रस्तुत भएको कार्यक्रममा इमेज अवार्ड प्राप्त गायक समीर बि.क., गायक नन्दु गुरुङ लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.