नगरमा पोषण कार्यक्रमको समीक्षा

पुस ८ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले स्थानीय तहमा पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी मगलबार सम्पन्न गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राई तथा वडाध्यक्ष, कर्मचारीहरु सहितको सहभागितामा नगरमा रहेका ३ वटा सरकारी स्वास्थ्य संस्थाले पोषणको अवस्थाका बारेमा जानकारी सहितको समीक्षा प्रस्तुत गरेका छन् ।
२ दिने गोष्ठीको अन्तिम दिन चालु आर्थिक वर्षका लागि नगरमा पोषण सम्वन्धी क्रियाकलापका योजना तय गरिएको कार्यक्रममा सहजकर्ता नगरका स्वास्थ्यकर्मी जगत मगरले जनाए । कार्यक्रममा जनस्वास्थ्य अधिकृत सुरेन्द्रप्रसाद शाहको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर