अपाङ्गताको अधिकार स्थापित गर्नमा जोड

पथरी शनिश्चरे, १७ मंसिर
मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार प्रदान गर्न सम्वन्धित निकायले जोड दिनुपर्ने वताएका छन् ।
नगरपालिका कार्यालयको सहयोगमा अपाङ्गता नगर समन्वय समिति पथरी शनिश्चरेले २८ औं अन्तरराष्ट्यि अपाङ्गता दिवशका अवसरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिले त्यस्तो बताएका हुन् ।
राष्ट्यि अपाङ्ग महासंघ प्रदेश नम्वर १ की अध्यक्ष पार्वता श्रेष्ठ, प्रदेश महासंघका कार्यकारी अधिकृत विमल वस्नेत, कार्यक्रमका सहभागि तुलसी वस्नेत, तिलबहादुर पाण्डे सहितले अपाङ्गता भएका व्यक्तिहरुको. चौतर्फी अधिकार कार्यान्वयनमा समस्या भएको जनाए ।
उनीहरुले, अपाङ्गतामैत्री कार्यालय तथा शौचालय नभएको, सार्वजनिक यातायातमा भाडामा छुट दिने नगरेको, समाजले हेंला गर्ने गरेको गुनासा राखेका छन् । साथै अपाङ्गता भएकाहरुलाई रोजगारीमा अवसर कम प्राप्त भएको, विशेष शिक्षा आवश्यक रहेको तथा प्रत्येक वडामा अपाङ्गता सम्वन्धी बजेट एवम् कार्यक्रम तय गरिनु पर्ने समेत धारणा राखे । लुथरनका प्रदेश प्रमुख राजेन्द्र राउत, नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, आयोजक समिति अध्यक्ष राजेन्द्र दहाल, सचिव विद्या लुइटेलले अपाङ्गता भोग्नेहरुको दिगो विकासमा जोड दिए ।
‘दिगो विकासको लक्ष्य ः अपाङ्गमैत्री भविष्य’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा अरुको धारणा सुनिसकेपछि प्रमुख अतिथि उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरपालिकामार्फत प्रदान गर्नु पर्ने सेवा सुविधा तथा अधिकार पूर्ण रुपले प्रदान गरिने बताइन् ।
नगरको सामाजिक विकास समिति अध्यक्ष कपिलमणि ढकालले पनि अपाङ्गताको क्षेत्रमा वडा वडामा कार्यक्रम तय गर्दै जाने जनाए ।

सम्बन्धित खवर