पथरीशनिश्चरे, १२ मंसिर..
मोरङको लायन्स क्लब अफ पथरीशनिश्चरे र लियो योङहार्टले पुराना लुगाहरु संकलन गरेर विपन्नहरुलाई वितरण गर्ने ‘लुगा बैंक’ स्थापना गरेको छन् ।
उत्तरपूर्वी मोरङका ३ वटा लायन्स र एउटा लियो क्लबको एउटै कार्यक्रमबीच पदस्थापन कार्यक्रममाझ ‘लुगा बैंक’ समेत स्थापना भएको हो ।
लायन्स क्लब अफ पथरीको आयोजनामा सम्पन्न कार्यक्रममा सो लायन्सका बर्ष २०१८÷०१९ का प्रेसिडेन्ट उमेशकुमार खड्काले रोशन बुढाथोकीलाई पद हस्तान्तरण गरेका छन् । उनी नवौं प्रेसिडेन्ट वनेका छन् ।
त्यसैगरी लायन्स क्लब अफ पथरीशनिश्चरेका प्रेसिडेन्ट मञ्जरी घिमिरे लगायतका महिला समूहले आफ्नो क्लबको पहिलो पदग्रहण गरेको छ । सो क्लब ६ महिना अघि गठन भएर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको थियो ।
कार्यक्रममा, पथरीशनिश्चरेको छिमेकी पालिका अन्तर्गतको लायन्स क्लब अफ कानेपोखरीले पनि पदग्रहण गरेका छ । क्लबको प्रेसिडेन्ट कुमार फुयाँलको नेतृत्वको २१ जना युवाहरुको टिमले पहिलो पदग्रहण गरेको हो ।
लियो क्लब अफ पथरीको पनि सोही दिन पदग्रहण गरेको छ । क्लबका प्रेसिडेन्ट एन्जिला पोख्रेलको नेतृत्वको युवतीहरुको टिमले पहिलो पदग्रहण गरेको हो । प्रेसिडेन्ट पोख्रेलले क्लबमा बसेर युवाहरुको क्षमता र व्यक्तित्व विकास गर्दै समाजको पनि विकास गर्ने बताएकी छन् ।
कार्यक्रममा, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३५२ ए वान का गभर्नर इन्द्र खत्री राजनले ४ वटै क्लबलाई एकै स्थानमा राखेर सपथ खुवाएका थिए । कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले क्लबहरुलाई नगरपालिकासँग सहकार्य गरेर समाजमा सामाजिक काम गर्न आग्रह गरेका छन् ।
