पथरी शनिश्चरे, १६ मंसिर
मोरङको लायन्स क्लब अफ पथरीशनिश्चरेको संयोजनमा नगरस्थित समुदाय प्रहरी पालिका समिति समेतको सहकार्यमा पथरी चोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा, पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले ट्राफिक निमय पालना गर्न चालकहरुलाई आग्रह गरेकी छन् ।
कार्यक्रममा, हेल्मेट नलगाएर मोटरसाइकल चलाउने, हेल्मेटको फित्ता नबाँध्ने, अन्य यातायातका साधनमा समेत ट्राफिक नियम पालना नगरेका चालकहरुलाई रोकी नियम पालना गर्न आग्रह गरिएको छ ।
नगर उपप्रमुख वास्तोलाको अगुवाईमा लायन्स क्लब अफ पथरीशनिश्चरेकी प्रेसिडेन्ट मञ्जरी घिमिरे सहितका लायनहरु, ट्राफिक प्रहरी, इलाका प्रहरीका सुरक्षाकर्मी सहभागि भएर जनचेतनामुलक कार्यक्रम अघि बढाइएको छ ।
लायन्यले डिजी सर्भिस सप्ताह अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
