मदन भण्डारी स्पोर्टसद्धारा गाउँपालिका उपाध्यक्ष इङ्नाम सम्मानित

मंसिर २४ गते, पथरी, मोरङ । मदन भण्डारी स्पोर्टस एकेडेमी मोरङ र कानेपोखरी गाउँ कमिटीले कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामलाई सम्मान गरेको छ ।

शुक्रबार उपाध्यक्षको कार्यकक्षमा एककार्यक्रमको आयोजना गरी उपाध्यक्ष इङ्नालाई सम्मान गरेको हो । गत सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय अधिवेशनमा उपाध्यक्ष इङ्नाम केन्द्रिय अनुसाशन आयोग सदस्यमा निर्वाचित भएकोमा एकेडेमीले कार्यकालको शुभकामना दिदै सम्मान गरेको थियो । उपाध्यक्ष इङ्नामलाई एकेडेमी मोरङका अध्यक्ष भूपाल श्रेष्ठ, पार्टी जिल्ला सदस्य भोला अधिकारी र एकेडेमी कानेपाखरीका अध्यक्ष जीवन सुब्बाले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।उपाध्यक्ष इङ्नाम पाटीको जिल्ला सचिवलाय सदस्य हुन । कार्यक्रममा पाटी जिल्ला सदस्य भोला अधिकारीले इङ्नामको पार्टीमा योगदानको चर्चा गरेका थिए । सम्मान लिर्दै उपाध्यक्ष इङ्नामले पार्टीको काममा थप उर्जा मिलेको बताईन् । कार्यक्रम जीवन सुब्बाले संचालन गरेका थिए । कार्यक्रममा एमाले गाउँ पार्टी सचिव चरण गुरुङ, एकेडेमीका बरिष्ठ उपाध्यक्ष लोक बहादुर मगर, उपाध्यक्ष प्रमोद ठाकुर र कोषाध्यक्ष उदिप लिम्ब उपस्थित रहेको थियो ।

सम्बन्धित खवर