पुस १३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले पालिकाको १८ वर्षमाथिकालाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम तय गरेको छ ।
गाउँपालिकाले मंगलबार सूचना प्रकाशित गर्दै पुस १५ देखि १९ गतेसम्म पालिकाको ७ वटै वडामा खोप लगाउने कार्यक्रम तय गरेको हो । १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेकाहरुका लागि पहिलो मात्राको भेरोसेल खोप लगाउने निर्णय गाउँपालिकाले गरेको छ ।
पुस १५ र १६ गते वडा नम्बर ३ र ४ को वडा कार्यालय भवनमा र वडा नं. १, २, ५, ६ र ७ को वडा कार्यालय भवनमा १५ गते देखी १९ गते सम्म खोप लगाइने तयारी गरिएको स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।खोप १०ः३० बजेदेखी ४ बजे सम्म लगाइने भएको छ ।
तीन महिना कटिसकेका गर्भवती महिलाहरुलाई पनि कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने निर्णय भएको छ । जसका लागि वडावडाबाट समेत प्रचार प्रसार गर्ने निर्णय भएको छ ।