आइतवार, कार्तिक १६, २०८२

जनता समाजवादी पार्टीको सिंगो वडा एमालेमा प्रवेश

फागुन ४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपालको सिंगो वडा कमिटी एमालेमा प्रवेश गरेको छ ।

बुधबार वडा नं. ५ स्थित भौसाबारीमा एक कार्यक्रमको आयोजना गरी जसपा वडा अध्यक्षको नेतृत्वमा प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई एमाले पार्टी केन्द्रिय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज विनोद ढकाल, पार्टी जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, जिल्ला सदस्य भोला अधिकारी र गाउँकमिटी अध्यक्ष सुशिल बुढाथोकीले स्वागत गरको थिए ।

जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नेहरु ५ नम्बर वडाध्यक्ष याम बास्तोला, उपाध्यक्ष निरमाया विष्ट, सदस्यहरु पदम विष्ट, मानबहादुर विष्ट, रोस्नी विष्ट, चम्पा राई, विनिता दनुवार, भक्तबहादुर परियार, मिना कुमारी परियार, पूजा परियार, सन्तोष परियार, अस्मिता लिम्बु, राम बहादुर अधिकारी, हिरा बहादुर र प्रेमबहादुर माझी रहेका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.