कानेपोखरीमा १८९ जनाको उम्मेदवारी दर्ता

सनम रोक्का
बैशाख १३ गते, पथरी । बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि कानेपोखरीमा १ सय ८९ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

एमाले, कांग्रेस, माओवादी र नेकपा एस सहितबाट अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा १ सय ८९ जनाले उम्मेदवारी दिएको हो ।

अध्यक्षमा ७, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ४७, सदस्यमा ७२, महिला सदस्यमा ३० र दलित महिला सदस्यमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत गणेश नायकले बताए ।

त्यसैगरी, वडागत रुपमा वडा नं. १ बाट २३, २ बाट २२, ३ बाट ३१, ४ बाट २५, ५ बाट २६, ६ बाट ३० र ७ बाट १९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

 

सम्बन्धित खवर