कानेपोखरी ५ मा कांग्रेस र माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश

सनम रोक्का

बैशाख २६ गते, कानेपोखरी । स्थानीय तहको निर्वाचनको संघारमा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ । कानेपोखरी ५ नम्बर वडाको बृह्रद ¥याली तथा घरदलौ कार्यक्रममा ३० जना एमाले प्रवेश गरेका छन ।

प्रवेश गर्नेहरुमा माओवादीबाट कालिदास पुरी, यसोदा पुरी र कांग्रेसबाट सन्तोष धिमाल, पदम धिमाल, टेक बहादुर माझी, स्वतन्त्रबाट टेक धिमाल, मेघा धिमाल लगायत रहेका छन । कार्यक्रममा एमाले प्रदेश सदस्य भेषनाथ रिजाल, नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजमती इङ्नाम, उपाध्यक्षका उम्मेदवार भोला अधिकारी, वडा नं. ५ को अध्यक्षको उम्मेदवार चरण गुरुङ, राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल, राष्ट्रिय युवा संघ कानेपोखरी संयोेजक अशोक फुयल, पार्टिका नेता कार्यकर्ताहरुलगाएतले स्वागत गरेका थिए ।

अरु पार्टी यता र उता टालीने भएकोले सवै भन्दा राम्रो पार्टी एमाले नै भएकोले एमालेमा प्रवेश गरेको कालिदास पुरीले बताएका थिए । जहदा चोक देखी नारा लगाउँदै घरदैलो सहित वडा परिक्रमा गरेका थिए । सो अवसर पारी वडा अध्यक्ष उम्मेदवार चरण गुरुङले मन्त्व्य व्यक्त गरेका थिए ।

 

सम्बन्धित खवर