मानसिक सन्तुलन गुमाएकी एक महिलाले पिपलको फेदमा छोरी जन्माइन

जेठ १५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर – ५, स्थित भौसाबारीमा मानसिक सन्तुलन गुमाएकी महिलाले पिपलको फेदमा शिशुको जन्म दिएकी छिन् ।

शनिबार दिउँसो ३ बजे स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा छोरीको जन्म दिएकी हुन । त्यहाँबाट कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारी सहितले उद्दार गरी विराटनगर स्थित मानव सेवा आश्रममा एम्बुलेन्स मार्फत पुर्याएका छन् । जुन पिपलको रुख मुनी तीन दिन अघि बस्दै आएका थिए ।

भौसाबारी चोकका स्थानीयहरुले महिलालाई विरामी भएको थाहा पाएपछि गाउँपालिका, स्वास्थयकर्मी र प्रहरीलाई खबर गरेका थिए । सवैको सहयोगमा ती महिलालाई उद्धार गरेका थिए । सफलरुपमा बच्चा जन्म भएपछि बच्चाको लागि गाउँपालिका उपाध्यक्ष भोला अधिकारीबाट ४ हजार, गाउँपालिकाबाट लगाउने लुगा र रकम, स्थानीयबाट सहयोग जुटेको थियो ।

घुमन्ते महिला जस्को भाषा बुझिन्दैन । तीन महिना अघि देखी आएर भौसाबारी चोक तिरै खाने, बस्ने गरेका स्थानीयहरु बताउँछन् । ती महिलालाई स्थानीयले कान्छी भनेर बोलाउने गरेका थिए । यस अघि ती महिला पसल, घरमा गएर र व्यक्तिहरुलाई मागेर खार्दै हिड्ने गरेका थिए । मानव सेवा आश्रम विराटनगरमा १० जना सडक मानवहरुलाई उद्दार गरी सुरक्षित बासको लागि गाउँपालिकाले लगि सकेका छन् ।

सम्बन्धित खवर