कानेपोखरी गाउँपालिकाद्धारा मानव सेवा आश्रमलाई १ लाख बराबरको खाद्यन्न सहयोग

विद्यानन्द चौधरी

जेठ १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाद्धारा विराटनगर स्थित मानव सेवा आश्रमलाई १ लाख बराबरको खाद्यन्न सहयोग गरेका छन् ।

सोमबार गाउँपालिकाको अध्यक्ष राजमती इङ्नामको नेतृत्वमा जिन्सी शाखाको प्रमुख यादव निरौला, कार्यपालिका सदस्य पदमकुमारी कार्की र सुशिला श्रेष्ठ सहितको टोलीले विराटनगर आश्रम पुगि सो १५ सय केजी जिरा मुन्सली चामल हस्तान्तरण गरेको हो ।

मानसिक सन्तुलन गुमाएकी महिला र नवजात शिशुुुको उद्धार गरी मानव आश्रममा पुर्याएको दुई दिन पछि खाद्यन्न लिएर गाउँपालिका प्रमुख आश्रम पुगेका छन् । गाउँपालिकाले नवजातशिशुको लागि तन्ना, ब्लाङ्केट र न्यानोकपडा पनि प्रदान गरेका थिए । कानेपोखरी गाउँपालिकाबाट त्यस आश्रममा सहयोगापेक्षि, बेसाहार, अभिभावक विहिन सडक आश्रित मानवहरु ११ जना रहेको छ ।

गत १५ गते वडा नम्बर – ५, स्थित भौसाबारी चोकको पिपलको फेदमा मानसिक सन्तुलन गुमाएकी महिलाले नवजात शिशुको जन्म दिएपछि स्वास्थ्यकर्मी र स्थानीयको सहयोगमा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारीे सहितले उद्धार गरी मानव सेवा आश्रम पुर्याईएको थियो । गाउँपालिकाले आश्रममा रहेका सहयोगापेक्षि, बेसाहार, अभिभावक विहिन सडक आश्रित मानवहरुको लागि खाद्यन्न यस अघि देखी नै सहयोग गर्दै आएको छ ।

 

सम्बन्धित खवर