पैनिमा डुवेर १९ महिने बालिकाको मृत्यु

साउन ६ गते, पथरी । घरको आँगनमा खेल्ने क्रममा नजिकैको पैनिमा डुवेर १९ महिने बालिकाको मृत्यु भएको छ ।

विहिबार पथरीशनिश्चरे –९ स्थित सगरमाथा चोकका कुमार लिम्बुको १९ महिने छोरी स्नेहा लिम्बुको विहान ८ः४५बजे पैनीमा डुवेर मृत्यु भएको हो । जिल्ला तेह्रथु, छथर गाउँपालिका ३ घरभएको लिम्बु परिवार हाल वडा नं. ९, सगरमाथा चोकमा कोठा भाडामा बस्दै आएका थिए ।

घरदेखी ५० मिटर पश्चिम रहेको पैनिले बगाई रहेको अवस्थामा स्थानीयले फेला पारेको थियो । पैनिले डुवाएर बगाई रहेको अवस्थामा स्थानीय भिमप्रसाद ढुङ्गानाले देखे पछि पानी देखी बाहिर निकालेका थिए । मृतक बालिका भेटेपछि स्थानीय नेहा राईले सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

मृत अवस्थामा बालिका भेटेपछि प्रहरी चौकी कुशेचौरीलाई खवर गरेका थिए । इप्रका पथरीको टोलीले घटना स्थल सुरक्षित राखी अनुसन्धान तथा लास जाँच मुचुल्का बनाई पोष्टमार्टमको लागि उर्लाबारी लगिएको डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित खवर