जेनिथ स्कुलद्धारा परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण

साउन २२ गते, रमाइलो । कानेपोखरी गाउँपालिका –६ मा स्थापित जेनिथ इङ्लिस स्कुलले शुक्रबार छात्रछात्रालाई पुरस्कार वितरण गरेको छ ।

शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमासिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । प्लेग्रुप देखी कक्षा ८ सम्मका विद्यार्थीहरुलाई कक्षा शिक्षकहरुले पुरस्कार वितरण गरेका थिए ।

प्लेग्रुपबाट युनिशा गुईदेल प्रथम, प्रिन्सि खतिवडा द्धितीय र समिक्षा कटुवाल तृतीय, नर्सरी कक्षाबाट विकल्प मण्डल प्रथम, शाहिमन गौतम द्धितीय र लिया धिमाल, रेश्मा बास्तोला तृतीय, कक्षा एलकेजीबाट एकता गुरागाई प्रथम, प्रशिका घिसिङ द्धितीय र लुनाश्री काफ्ले तृतीय र कक्षा युकेजीबाट जोनिशा माझी प्रथम, रिजन थापा द्धितीय र सुप्रिया राई तृतीय भएका छन् ।त्यसैगरी परीक्षामा कक्षा १ बाट प्रिन्सा खनाल प्रथम, रोश्नी बास्तोला द्धितीय र रोजिशा श्रेष्ठ तृतीय, कक्षा २ बाट स्नेह धिमाल प्रथम, अनुस्का माझी द्धितीय र दिप्सन राई तृतीय, कक्षा ३ बाट समिप बस्नेत प्रथम, निमेश राई द्धितीय र खुशी लिम्बु तृतीय, कक्षा ४ बाट ओजस्वी पराजुली प्रथम, अविशाना पराजुली द्धितीय र अविशेक माझी तृतीय भएका छन् ।

त्यसैगरी कक्षा ५ बाट प्रियंङ्का राई प्रथम, अंकन श्रेष्ठ द्धितीय र प्रकृती दुलाल तृतीय, कक्षा ६ बाट पुष्पलाल गिरी प्रथम, सोइच्छा कटुवाल द्धितीय र मौसम श्रेष्ठ तृतीय, कक्षा ७ बाट आशिश गिरी प्रथम, एन्जल खतिवडा द्धितीय र जोसेफ लिम्बु तृतीय र कक्षा ८ बाट दिपिका विक प्रथम, जेनिस बस्नेत द्धितीय र प्रज्जवल मगर तृतीय भएका छन् ।

उनिहरुलाई रेणुका लिम्बु, सिर्जना गौतम, सुशिला तामाङ, रक्षा राई, मनिका मगर, विनु अधिकारी, रुपेश राय, लक्ष्मि नेपाल, विरेन्द्र श्रेष्ठ, पुजन फुयल, विपिन खड्का, किरण लिम्बु र प्रिन्सिपल जयबहादुर राईले पुरस्कार वितरण गरेका थिए ।

प्रथम त्रैमासिक परीक्षामा कक्षा ५ की प्रियङ्का राईले जिपिए ४ प्राप्त गरी विद्यालय प्रथम बनेकी छिन् । विद्यालयको बोर्ड अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको प्रिन्सिपल जयबहादुर राईले कार्यक्रमा संचालन गरेका थिए ।

सम्बन्धित खवर