दिगोपनद्धारा किसानलाई आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण

भदौ ११ गते, कानेपोखरी । मोरङ कानेपोखरी –६ स्थित बरगाछीमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई आधुनिक कृषि यन्त्र तथा उपकरणवितरण गरेका छन् ।

शुक्रबार संस्थामा बृह्रद कार्यक्रमको आयोजना गरी हेफर इन्टरनेशनल र अभियान नेपालको सहयोगमा संस्थामा आवद्ध कृषकहरुलाई ४ वटा पावर टिलर र एक वटा थ्रेसर वितरण गरेको हो । आधुनिक कृषि यन्त्र पावर टिलर वडा नं. २ बाट मुक्तिनाथ समूहकी मुना कार्की, वडा नं.४ बाट सुनगाभा समूहकी सुनीमाया राई र हातेमाले समूहकी तारादेवी घिसिङ र वडा नं. २ बाट चन्द्रसूर्य समूहकी दीपा न्यौपानेले पाएका छन् । कृषकले १ लाख ३० हजार र संस्थाले १ लाख गरी जम्मा २ लाख ३० हजारको साँझेदारीमा संस्थाले पावर टिलर(हाते ट्रयाक्टर) कृषकलाई प्रदान गरेको छ ।

त्यसैगरी वडा नं. ४ बाट सौगात समूहकी टंकमाया मगरले थ्रेसर प्राप्त गरेकी छिन् । ५० प्रतिशत अनुदानमा टंकमायाले थे्रसर पाएकी हुन । थ्रेसरलाई ३ लाख ७० हजार परेको थियो । हेफर इन्टरनेशनल र अभियान नेपालले दिगोपन संस्थालाई ७७ हजारको टिभी र ८ हजारको माटो परिक्षण गर्ने यन्त्र पनि प्रदान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोला अधिकारी, विशेष अतिथि हेफर इन्टरनेशनलका क्षेत्रीय कार्यक्रम प्रवन्धक दिपेश पोख्रेल, विषेश अतिथि संविधान सभा झापा सदस्य प्रेम गिरी र संस्थाकी अध्यक्ष उमा राना मगरले सो आधुनिक कृषि यन्त्र तथा उपकरणको हस्तान्तर गरेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष उमा राना मगरले संस्थाको प्रगती, कारोबार र वर्तमान अवस्थाका बारेमा प्रस्टाएका थिइन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला अधिकारी, विशेष अतिथि हेफर इन्टरनेशनलका क्षेत्रीय कार्यक्रम प्रवन्धक दिपेश पोख्रेल, विषेश अतिथि संविधान सभा झापा सदस्य प्रेम गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अभियान नेपाल झापा कार्यक्रम संयोजक हेम श्रेष्ठ, केशव खनाल र हेफर प्रोजेक्ट नेपालका अन्जु सिग्देल पनि कार्यक्रममा अतिथि रहेका थिए ।

सम्बन्धित खवर