आज ‘कानेपोखरी महोत्सव’ मा गायिका रचना रिमाल आउर्दै

भदौ १६ गते, कानेपोखरी । ‘कानेपोखरी महोत्सव’ मा आज विहिबार चर्चित गायिका रचना रिमाल आउँने भएकी छिन ।

मोरङको कानेपोखरी ६ स्थित रमाइलोमा लाग्दै आएको महोत्सवमा गायिका रिमालले आफ्नो चर्चित एक दर्जन भन्दा बढी गित गाएर दर्शकलाई मनोरञ्जन दिलाउँनेछिन् । कहिले मिलन कहिले बिछोड, आयौं चेली, पहिलो पल्ट भेट हुँदा, फोटो फिरिममा, उनको प्रीति, पानी छम्किने, मिनिरल वाटर, जस्ता चर्चित गीत गाउँनेछिन ।

गायिका रिमालले एक हजारभन्दा बढी गीत रेकर्ड गराई सकेकी छिन । आज महोत्सव हेर्न आउँने दर्शकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । महोत्सव साझँ ६ बजेदेखि करिब १० बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन् । ‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।

रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोको भवन निर्माणको लागि संयुक्त महोत्सव आयोजना गरिएको रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले बताए ।

 

सम्बन्धित खवर