भदौ १७ गते, कानेपोखरी । कानेपोखरी महोत्सवमा चर्चित गायिका रचना रिमालसंगसगै गाउँर्दै दर्शकले छमछमी नाचेका थिए ।
विहिबार राती भएको कार्यक्रममा गायिका रिमालले आफ्नो चर्चित गीत ७ वटा गाएकी थिइन् । आयौं चेली, फोटो फिरिममा, उनको प्रीति, सम्झीने…पानी छम्किने, मिनिरल वाटर, सुनन प्यारी, तिमी त पोखरेली.. जस्ता चर्चित गीत गाएकी थिइन् । मोरङको कानेपोखरी ६ स्थित रमाइलोमा लाग्दै आएको महोत्सवमा गायिका रिमालले गाएकी हुन ।
नेपाल आइडलको तेस्रो संस्करणबाट चर्चामा आएकी गायिका रिमालसँगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो । सोही दिन १ हजार दर्शकले अवलोकन गरेको महोत्सव यायोजक समितिले बताएका छन् । गायिका रिमाललाई दर्शकबाट धेरै वाही वाही र आइलभयु रचना भन्ने आवाज गुन्जीएको थियो ।
गायिका रचना रिमाल हेर्नका लागि कानेपोखरीका तल्लो भेगबाट ट्याम्फु, मिनि भेन वस रिजर्भ गरेर आएका थिए । महोत्सव सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वंयसेवकलाई दर्शकको भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।
त्यस अघि कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयलको अध्यक्षतामा औपचारीक कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सासद सूर्ययाराज राई रहेका थिए । सांसद राईले महोत्वसका शुभकामना दिएका थिए ।
गायिका रिमालले एक हजारभन्दा बढी गीत रेकर्ड गराई सकेकी छिन । महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुदै आएको छ । ‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।
रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोको भवन निर्माणको लागि संयुक्त महोत्सव आयोजना गरिएको रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले बताए ।