युवराज लिम्बु,
पुस १६ गते,कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई न्यानो कपडा वितरण सुरु गरेको छ । बुधबार वडा नं. ६ मा रहेको जनसेवा माविमा पालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम र प्रमुख प्रशासकीय अधिकृत पुरुर्षोतम घिमिरे लगाएतले एक कार्यक्रम विच वितरण सुरु गरिएको हो ।
दलित, निम्न बर्गका छात्रछात्रालाई न्यानो कपडा सुईटर,मिठाई र सिटी वितरण गरेको हो । पालिकाले बाल कक्षा देखि कक्षा ३ सम्मका १५ सय ७९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण सुरु गरेको छ । जनसेवा माविको बाल कक्षाको छात्रा ३८,छात्र २३,कक्षा १ का छात्रा १६,छात्र १४, कक्षा २ को छात्रा १७,छात्र १४, कक्षा ३ को छात्रा १८, छात्र १४ जनालाई न्यानो कपडा सुईटर, सिठी र चकलेट विचरण गरेका थिए ।
त्यसैगरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको नेतृत्वमा वडा नं. १ को श्री मावि होक्लाबारीमा १ सय जना,सिद्रार्थ आधारभूत विद्यालयमा १७ जना,सगरमाथा आधारभूत विद्यालयमा ५५ जना गरी जम्मा १७२ जना छात्रा छात्रलाई न्यानो कपडा,मिठाई र सिठी वितरण गरेका छन् । त्यसैगरी उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वको टोलीले वडा नं. ३ को बाल माविको ४६ जना छात्र छात्रालाई र लक्ष्मि प्राविको ३२ जना छात्राछात्रलाई न्योनोकपडा वितरण गरेका थिए ।
त्यसैगरी कानेपोखरी वडा नं. ६ कै पंञ्चज्योती आधारभूत विद्यालयमा ३७ जना,स्वरस्वती प्राविमा ३६ जना, सुन्तोली प्राविमा ३१ ज्ना गरी जम्मा १०४ जना छात्रा छात्रलाई वडाध्यक्ष खड्ग बस्नेतको नेतृत्वको टोलीले वितरण गरेको थियो । विहिबार वडा नं. ४ को जनता आधारभूत,थानेश्वर प्रावि, सूर्योदय प्रावि,पञ्चकन्या आधाभूत विद्यालय,प्रगतीशिल बालकक्षामा जम्मा १५९ जनालाई वितरण गरिने भएको छ । त्यसैगरी वडा नं. ५ को सिंहदेवी मावि,जनता प्रावि,श्रीमाविमा २५६ जना छात्राछात्रलाई न्यानो कपडा वितरण गरिने भएको छ ।
त्यसैगरी वडा नं. ७ को जनकल्याण माविमा १२०, शान्तिदेवी बालकक्षामा १५ जनालाई न्यानो कपडा वितरण गरिने भएको छ । वडा नं. २,मा वडाध्यक्ष सुशिल बुढाथोकीको नेतृत्वमा शिक्षा विकास माविमा बुधबार १५१ जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरि कार्यक्रम सुरु गरिएको थियो । अन्य प्रेम लक्ष्मि आधारभूत विद्यालय,जनमात स्वरस्वती आधारभूत, बलदेव आधारभूत,मैनावरी प्रावि र महाराजी बालकोटामा जम्मा २ सय जना छात्राछात्रलाई न्यानो सुईटर, मिठाई र सिटी वितरण गरिने गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
कार्यक्रममा स्थानीय युवा नेता भोला अधिकारी, दानबहादुर बस्नेत, कार्यपालिका सदस्य मुना श्रेष्ठ,पद्मा गुरुङ,डमरु खरेल र जनसेवा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका अर्याल र प्रधानाध्यापक दामोदर सिग्देल लगाएत उपस्थीत भएका थिए ।