विद्यानन्द चौधरी
माघ २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी–५, भौसाबारीमा रहेको रमाइलो बहुमुखी क्याम्पसमा संस्थापक क्याम्पस प्रमुख तुलाराम गुरुङले १२ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।
संस्थापक क्याम्पस प्रमुख गुरुङको नेतृत्वमा काठ्माडौं बस्दै आएका १२ जना पूर्व कानेपोखरी बासीहरुकोबाट संकलन गरेर अक्षयकोष स्थापना गरेको हो । उनिहरुले आमाबुबाको स्मृतीमा र आमाबुबाको सम्मानको लागी उनिहरुको नाममा अक्षयकोष स्थापना गरेको गुरुङले बताए ।
उनिहरुले एकजनाले १ लाखको दरले दिएका थिए । अक्षयकोष दाताहरुको तर्फबाट प्रतिनिधि संस्थापक क्याम्पस प्रमुख गुरुङले २८ औं स्थापना दिवसमा क्यापस संचालक समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए । स्थापना दिवसमा छात्रवृती÷अवर्डा अक्षयकोष घोषना कार्यक्रम पनि गर्दै दुवै जनाले अक्षयकोषको सम्झौंता गरेका थिए ।
कक्षा ११,१२ र स्नातक तहको प्रथम, द्धितीय, तृतीय र चौथो बर्षको उत्कृष्ट ६ जना र अतिरिक्क्त क्रियाकलाप अन्तरगत गायन, दौड, चेस, फुटबल, भलिबल, चित्रकला, साइकलिङ र आदिवासी जनजाती उत्कृष्ट विद्यार्थी १४ जना गरी जम्मा २० जना विद्यार्थीलाई बार्षिक ५ हजारको दरले छात्रवृत्ती प्रदान गरिने सम्झौंता भएको अध्यक्ष दुर्गा बहादुर कार्कीले बताए ।
रकम दाताहरु ललितपुर तुलाराम गुरुङ, सुरेन्द्र कार्की काठ्माडौं, विजय पौडेल सुन्दरहरैचा, काठमाडौंका चन्द्रशेखर सापकोटा, देवेन्द्र लुईटेल, मंगा मैनाली, प्रकास पराजुली, डम्बर बहादुर विष्ट र पुन्य बरालले ९ लाख रुपैया हस्तान्तरण गरिसकेको छ । काठ्माडौंका मेघेन्द्र पराजुली, प्रेम बस्नेत र सन्तमान गुरुङ गरी ३ लाख रुपैया आगामी चैत मसान्त भित्र दिने बचनदान गरेको दाताहरुको प्रतिनिधि संस्थापक क्याम्पस प्रमुख गुरुङले बताए ।
घोषना कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, ५ नम्बर वडाध्यक्ष चरण गुरुङ, नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका सभापती योगेन्द्र दाहाल र नेकपा कानेपोखरी अध्यक्ष भोला अधिकारी लगाएतको उपस्थीत रहेको थियो ।